पुस्तकहरू सुन्ने विभिन्न तरिकाहरू छन्। कुनै पुस्तक कसरी पढ्ने भनेर जान्न तपाईंले पहिला रिडिङ टूल्स पृष्ठमा हेर्न पनि सक्नुहुन्छ। 

  • iOS वा एन्ड्रोइड एपहरू
    • यदि तपाईं पुस्तकको पाठलाई स्वर दिने कुनै रिडिङ टूल, जस्तै डल्फिनको इजिरिडर, प्रयोग गर्नुहुन्छ भने तपाईंले पुस्तक फेला पारेर यसलाई खोलेर रिडिङ टूलमा सोझै सुन्न सक्नुहुन्छ।
  • एपल बूक्स
    • यदि तपाईंलाई एपल बूक्सको प्रयोगद्वारा पढ्ने बानी छ भने, पुस्तकलाई EPUB मा डाउनलोड गर्नुहोस् र यसलाई एपल बूक्समा खोल्नुहोस्, जसले जोड्ले पढ्ने काम गर्छ।
  • माइक्रोसफ्ट वर्ड वा एज ब्राउजर:
    • यदि तपाईं वर्ड प्रयोग गर्नुहुन्छ भने, पुस्तकलाई DOCX मा डाउनलोड गर्नुहोस् र यसलाई वर्डमा खोल्नुहोस्, जसमा जोड्ले पढेर सुनाउने इमर्सिभ रिडर विकल्प उपलब्ध छ।
    • यदि तपाईं एज ब्राउजर प्रयोग गर्नुहुन्छ भने, पुस्तकलाई EPUB मा डाउनलोड गर्नुहोस् र यसलाई आफ्नो ब्राउजरमा खोल्नुहोस्, जसमा जोड्ले पढेर सुनाउने इमर्सिभ रिडर विकल्प उपलब्ध छ।
  • अडियो प्लेयर (DAISY अडियो वा MP3)
    • यदि तपाईंसँग DAISY अडियो वा MP3 फाइल आवश्यक पर्ने प्लेयर छ भने, तपाईंले पुस्तकलाई यो वेबसाइटमा अडियो फाइलका रूपमा फेला पारेर डाउनलोड गर्नु पर्नेछ। त्यसपछि तपाईंले फाइललाई प्लेयरमा लगेर यसलाई खोलेर प्ले गर्दै सुन्नु पर्नेछ।
    • अडियोमा उपलब्ध हुने धेरैजसो पुस्तकहरू “टेक्स्ट-टू-स्पिच” (TTS) इन्जिनद्वारा उत्पादन गरिएका हुन्छन् जसले कम्प्युटरकृत स्वरहरूको प्रयोग गर्छ। यो TTS इन्जिनले हाल अङ्ग्रेजी तथा स्प्यानिश-भाषाका पुस्तकहरू मात्र तयार गर्न सक्छ, तर पछि धेरै भाषाहरूमा आउनेछ।
    • बढी TTS भाषाहरूका अतिरिक्त, भविष्यमा पुस्तकालयमा मानव-वाचित पुस्तकहरू पनि थप गरिने छ।
Audience
सदस्य
Help Topics
सदस्य – पुस्तकहरू डाउनलोड गर्ने र पढ्ने