प्रत्येक वेब ब्राउजर तथा सफ्टवेर प्रोग्रामले तपाईंको पुस्तकहरूलाई अलग अलग स्थानहरूमा बचत गर्न सक्छ। विन्डोज कम्प्युटरहरूका लागि, पहिला तपाईंको डाउनलोड फोल्डर वा तपाईंको डक्युमेन्ट्स फोल्डरमा हेर्नुहोस्।

यदि तपाईंले फाइल यहाँ पाउनु भएन भने, तपाईंले डाउनलोड गरेको पुस्तक तपाईंको कम्प्युटरमा पनि खोज्न सक्नुहुन्छ। फाइलको नाममा पुस्तकको नामको पहिलो केही शब्दहरू हुनेछ र स्पेसको ठाउँमा अन्डरस्कोर दिएको हुनेछ।

तपाईंले स्टार्ट बटनमा क्लिक गरेर विन्डोज कम्प्युटरमा खोजी चयन गरेर आफ्नो कम्प्युटरमा खोज्न सक्नुहुन्छ (वा म्याक मा कन्ट्रोल र शिफ्ट थिचेर)। यदि अझैपनि तपाईंले पुस्तक फेला पार्न सक्नु भएन भने, तपाईंले ग्राहक सेवामा सम्पर्क गर्न सक्नुहुन्छ वा पुनः पुस्तक डाउनलोड गरेर हेर्न सक्नुहुन्छ। 

Audience
सदस्य
Help Topics
सदस्य – पुस्तकहरू डाउनलोड गर्ने र पढ्ने